बेहोश भई अस्पताल लगिएको जनमोर्चा सांसद शाहीको स्पष्टोक्ति, अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफू सदन जान तयार हुँदा अचानक बेहोश भएपछि अस्पताल लगिएको स्पष्टोक्ति दिएका छन् । उनले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।
पार्टीको निर्णयमा आफू समेत सहभागी भएको बताएका छन् । उनले आफूविरुद्ध भ्रामक खबरहरु आइरहेकोमा समेत आपत्ती जनाएका छन् ।