१५२ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २१३ जनामा पीसीआर परीक्षण गर्दा १५२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ । हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६३ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यसका साथै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ ।