बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल पक्ष भने उपस्थित भएको छैन ।
पार्टीको नियमविपरीत गतिविधि सञ्चालन गर्ने नेपाल–खनाल पक्षका २७ सांसदलाई सोधिएको स्पष्टीकरणबारेमा पनि आजको बैठकले निर्णय गर्नेछ । र, यस सवालमा आजको बैठकलाई निकै महत्वपूर्णका साथ हेरिएको छ । बैठकअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच भेटघाट भइसकेको छ । तैपनि, दुईबीचको भेट सौहार्दपूर्ण मानिए पनि भेटले कुनै खदिलो निष्कर्ष निकाल्न भने सकेको छैन ।
मुख्यतः कर्णाली प्रदेशमा फ्लोर क्रसपछि प्रधानमन्त्री ओली नेपाल–खनाल पक्षलाई अनुशासनको कारवाही गर्ने यसअघि नै भनिएको छ । तर, आजको बैठकले त्यसबारेमा पनि निर्णय गर्ने बताइएको छ ।