अब नापी ‘फेस लेस, पेपर लेस र क्यास लेस : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नापी प्रशासनमा असाधारण उपलब्धि भएको बताएका छन्। उनले अब नापी प्रशासन ‘लेस फेस, लेस पेपर र क्यास लेस’ भएको बताए।
‘म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु कि यो असाधारण उपलब्धि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यी तीन वटा लक्ष्य नापीमा मात्रै हैन, हरेक ठाउँमा बनाउँदै लैजान्छौं।’ नापी विभागले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउने प्रणाली सञ्चालनमा ल्याएको छ।
यसलाई विभागले ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ भनेको छ। बिहीबारदेखि यो प्रणाली काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागू भएको छ।
उक्त प्रणालीको उद्घाटनपछि प्रधानमन्त्री ओलीले भने, ‘हामी डिजिटल नेपाल बनाउँदैछौं। नापीको क्षेत्रमा मात्र हैन, नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम मात्रै हैन। मेरो कित्तामा मात्रै हैन। हरेक ठाउँ डिजिटल बनाउँछौं।’ उनले नयाँ-नयाँ प्रविधिको विकास गर्दै टेक्नोलोजी ट्रान्सफर पनि गरिने बताए। ‘हामी मोर्डनाइजेसनतर्फ छौं। हामी आफैंले टेक्नोलोजीको विकास गर्नुपर्छ,’ उनले भने।
सरकारले तीन कुरामा विशेष जोड दिएको उनले बताए।