पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुरीप्रसाद कुशवाहाको निधन भएको छ।
७९ वर्षीय कुशवाहाको गए राति करिब २ बजेतिर निधन भएको हो। उनी केही समयदेखि ज्वरो, रूघाखोकीबाट पीडित थिए।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले अध्यक्ष कुशवाहाको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्।
अध्यक्ष कुशवाहालाई घरमै राखेर उपचार गरिएको थियो।