सोमबार सुनको मूल्य स्थिर
आइतबार ४ सय रूपैयाँ बढेको सुन सोमबार भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार छापावाल सुन आइतबारकै मूल्य ८६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आइतबार तोलामा ८६ हजार १ सय ५० रूपैयाँ कायम गरिएको तेजावी सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आइतबार स्थिर चाँदीको मूल्य सोमबार ५ रूपैयाँ बढेर तोलामा १ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।