कोरोना संक्रमित भेटिएपछि मोरङमा भारतीय सीमामा सतर्कता
विराटनगरमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाएको छ । पछिल्लो तीन दिनमा विराटनगरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ सङ्क्रमित भेटिएपछि स्थानीय प्रशासनले शंकास्पद व्यक्तिको एण्टिजिन परीक्षणपछि मात्रै प्रवेश गर्न दिने निर्णय गरेको हो ।छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण तीब्र भएपछि सतर्कता अपनाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
‘नाकामा रहेको हेल्थ डेक्समा एण्टिजिन परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने ‘नेपाल आउने सबैको सम्भव हुदैन, शंकास्पद व्यक्तिको जाँच गर्छाै ।’
भारतबाट आउनेहरुको नाकामा तापक्रम नाप्ने र ज्वरो आएकाहरुको एन्टिजिन परीक्षण गर्ने उनको भनाइ छ ।