ललितपुरको हावामा प्रदुषणले खतराको तह पार गर्यो
ललितपुरको हावामा प्रदुषणले खतराको तह पार गर्यो
वातावरण विभागको भैंसेपाटीस्थित स्टेशनले २ बजेपछि अपडेट गरेको विवरणमा यो क्षेत्रमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३ सय २५ पुगेको छ।
वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार एक्वुआई ३ सयभन्दा माथि हुनु घातक हुने बताए।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
प्रवक्ता जोशीले पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको बताए।