साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगी साउन १ गतेतदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने बताए ।
उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको बताउँदै ओलीले भने, ‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला । साउन १ गतेदेखि लागू हुनेगरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’