सर्वदलीय छलफलमा भाग लिन प्रचण्ड शितल निवासमा
सर्वदलीय छलफलमा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितलनिवास पुगेका छन्।
प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरूङ पनि राष्ट्रपति निवास पुगेको एक नेताले जानकारी दिए।राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक राखेकी थिइन्।
बैठकमा नेकपा एमालेका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल भने सहभागी नहुने भएका छन्। राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरूलाई सर्वदलीय बैठकमा बोलाएकी थिइन्।