जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगि पटक-पटक जबरजस्ती करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते जाहेरी परेको थियो ।
जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद भई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।