साताको पहिलो दिन सुनको मुल्य ५ सय रूपैयाँ बढ्यो
साताको अन्तिम दिन शुक्रबार ५ सय रूपैयाँ घटेको सुन आइतबार भने ५ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ८७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रूपैयाँ कायम गरिएको थियो ।
शुक्रबार प्रतितोला ८६ हजार २५० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेर १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।