९४ लाई कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७८१ मा पिसिआर गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ। पछिल्लो २४ घन्टामा ५५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ।
कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत छ।