५३ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनामा पीसीआर परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ।
आइतबार थप ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।
देशभर हालसम्म ८९१ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ४७ जना क्वारेन्टिनमा छन् ।