सरकारबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ।
माओवादी केन्द्रका एक नेताले दिएको जानकारीअनुसार दिउँसो १ बजे बैठक बस्न लागेको हो। उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुनेछन्।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी सत्ता समिकरणबारे छलफल ती नेताले बताए।
माओवादी केन्द्रसामू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने वा ओलीलाई समर्थन गर्ने भन्ने विकल्प उपलब्ध छन्।