थप ८९ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ४ हजार ३९९ स्वाब नमूना परीक्षण गराउँदा ८९ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४० महिला ४९ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको छ।
यस्तै सोमबार थप ४१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७० हजार ९२७ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने ८७२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ। सोमबार कोरोनाबाट १ जनाको मृत्यु भएको छ
यस्तै अहिले ५५ जना क्वारेन्टिन र ८७६२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।