सुनको मूल्य ५ सय रूपैयाँ घट्यो
सोमबार २ सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार ५ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा ८५ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन तोलामा ८६ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार ९५ रूपैयाँ वृद्धि भएको चाँदी मंगलबार १० रूपैयाँ घटेर तोलामा १ हजार २ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।