१५६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४१६ पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरू भएसँगै नेपालमा पनि कोरोनाका बिरामी बढ्न थालेका छन् । साथै सक्रिय संक्रमितको संख्यासमेत वृद्धि भएका छन् । देशभर हाल १ हजार २९९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५२ जना क्वारेन्टिनमा छन् । शुक्रबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।
शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ ।