लहान मालपोतमा बम विस्फोटका दुई मुख्य आरोपी पक्राउ
प्रहरीले लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने दुई जना मुख्य आरोपीलाई पक्राउ गरेको छ।
प्रदेश नम्बर २ प्रहरी कार्यालयका अनुसार सिरहा सुखिपुर नगरपालिका-५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यू गिरी पक्राउ परेका हुन्।
उनीहरूलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रहरीको विशेष टोलीले सोमबार सुखिपुर नगरपालिका-५ बाट पक्राउ गरेको हो।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार उनीहरूले घटना गराएको स्वीकार गरेका छन्।