आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो ।