दैलेख दुर्घटना अपडेट : एक जनाकाे मृत्यु, १० घाइतेमध्ये ७ काे अवस्था गम्भीर
सुर्खेततर्फ गइरहेकाे मिनि बस दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । दैलेखकाे आठबीस नगरपालिका- १ काे सेलाघाट भन्ने ठाउँमा ०२०० ख ०२४७ नम्बरको मिनि बस दुर्घटना हुँदा कालिकाेट शुभकालिका- २ का वर्ष ३७का जितेन्द्र शाहीकाे घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएलसी अर्जुन चन्द्रले बताएका छन् ।
बसमा सवार १६ जना मध्ये १० घाइते भएको र घाइतेमध्ये पनि ७ जनाकाे अवस्था गम्भीर भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइतेलाइ उपचारका लागि सुर्खेत लगिएको लगिएको जनाइएकाे छ । बाँकी ३ जना सामान्य घाइतेकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेकाे छ ।