निजगढ हत्या : एकजना शंकास्पद व्यक्ति पक्राउ
निजगढमा एक युवकको हत्या भएको घटनामा एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले भने, ‘शंकास्पद एकजना व्यक्ति पक्राउ परेका छन्, संलग्नताबारे भेरिफाइ गर्न बाँकी छ ।’