१२५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनामा पीसीआर परीक्षण गर्दा १२५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ ।
देशभर हाल १ हजार एक जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५१ जना क्वारेन्टिनमा छन् । शुक्रबार १२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ ।
शुक्रबार कोरोनाबाट १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।