१४१ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२२ पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।
आइतबार २ हजार १ सय १ पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।
हाल देशभर १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५६ जना क्वारेन्टिनमा छन् ।