कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलालीमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा साेही नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटा बुढाकाे मृत्यु भएको प्रहरीले जनाएको हो।
ठक्करबाट घाइते भएकी उनकाे लम्कीकै लालरत्न अस्पतालमा उपचारका लागि पुर्याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।
बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि मृतकका आफन्तले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका छन्। सडक अवरूद्ध हुँदा गन्तव्यका लागि छुटेका गाडी ठप्प भएका छन्।