महामारीअघिकै अवस्थामा फर्कियो आयात
नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को सातौं महिना (साउन-माघ) बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो ।
चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो ।
गत आवको यो अवधिमा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बनेको थिएन । तर, यो वर्षको प्रारम्भिक तीन महिना कोरोनाबाट अर्थतन्त्र प्रभावित बनेको थियो । तर, वस्तु आयात भने सुरुदेखि नै कमजोर बनेन ।
अन्ततः सातौ महिनामा पुग्दा गत आवको भन्दा पनि बढी वस्तु आयात भएको भन्सार विभागको आँकडाले देखाएको छ ।