सुनको मूल्य सामान्य घट्यो
मंगलबार ११ सय रूपैयाँ बढेको सुन बुधबार भने ३ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रूपैयाँ घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।