सुनकाे मूल्य ११ सय रूपैयाँ बढ्याे
सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको छ । सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्यसमेत १ हजार १ सय वृद्धि भई प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा करोबार भइरहेको छ । सोमबार तेजावी सुनको मूल्य ८८ हजार ५५० रूपैयाँ थियो ।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । प्रतितोला २५ रूपैयाँ बढेर मंगलबार १ हजार ३६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।