विश्वभर २०२१ काे स्वागत गरियाे
आजदेखि सन् २०२१ विधिवत रुपमा सुरु भएको छ । नयाँ वर्ष सुरु भएलगत्तै संसारभरका मानिसहरुले हर्षोल्लास मनाउँदै भव्य अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।