सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका-३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया छन्।
उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। उनका अनुसार मोटरसाइकल पछाडि सवार २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खङ घाइते छन्। उनीहरूको गोल्डेन अस्पतालमै उपचार भइरहेको छ।