भेरी नदीमा बस दुर्घटना : अपडेट
सुर्खेत गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै भएको बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बेपत्ता र एक गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।
दाङबाट रिजर्भ लिन जाजरकोटको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको थियो ।
बसमा तीनजना मात्र सवार रहेको गुर्भाकोट नगरपालिकाका–९ का स्थानीय हरि भट्टराईले जानकारी दिए । ‘अहिले भर्खर मात्र घटनास्थलमा प्रहरी आएको छ ।’ उनले भने,‘बस नदीमा नै खसेको छ । गाडीमा तीन जना मात्र सवार रहेको जानकारी हामीले पाएका छौँ ।’
इलाका प्रहरी कार्यालय छिन्चुले पनि बसमा तीनजना मात्र सवार रहेको जनाएको छ ।