एकको मृत्यु, दुई घाइते
(बैतडी) बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । डडेल्धुराबाट बझाङतर्फ गइरहेको बिनानम्बरको अनटेस्ट ट्याक्टर आज बिहान २ बजे खोड्पे-बझाङ सडकखण्डमा पर्ने बैतडीको सिगास गाउँपलिका- ९ बाजपानीमा दुर्घटना भएकाे हाे ।
साे दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जित बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । यस्तै घाइते हुनेमा चालक समेत रहेका बझाङको बित्थडचिर गाउँपालिकाकै वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा, ट्याक्टरमा सवार बित्थडचिर वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा रहेकाे खोडपे प्रहरी चौकीले जनाएको छ ।
चालक नरेन्द्र महराका दुवै खुट्टा भाँचिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको हो । ट्याक्टर सडकबाट १ सय ७८ मिटर तल खसेको खोड्पे प्रहरी चौकीका ट्राफिक प्रहरी चन्द्रदेव भट्टले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।