सुनको मूल्य ७ सय रुपैयाँ बढ्यो
बुधबार सुन ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै बुधबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य सामान्य घटेको छ । बुधबार चाँदी ५ रुपैयाँल घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।