कोरोनाविरुद्धको खोप अभियान सुरु
( काठमाडौं) नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।
बुधबार १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ ।