थप ५२२ मा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ सय ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।