५ किलो गाँजासहित एक जना पक्राउ
(रौतहट) इलाका प्रहरी कार्यालय गरुडाले ५ किलो प्रतिबन्धित लागु औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ स्थित गेडही बिनाग्रा जाने सडकमो प्रहरी टोलीले आवत जावत गर्ने मानिस तथा सवारी साधन चेक जाँच गर्ने क्रममा गाँजाको झोला सहित चन्द्रपुर नगरपालिका वडा नम्बर ७ सुकुमवासी टोल बस्न २९ वर्षिय रामविश्वास सहनीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार ना ५६ प २६५५ नम्बरको निलो रंगको अपाचे मोटर साइकलमा सवार भएर गेडहीतर्फ आउँदै गरेका सहनीको शरीर तलासी गर्दा उनले पछाडी भिरेको कालो रंगको झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको अवस्थामा सो परिमाणको गाजा बरामद भएको हो ।
आफूहरुले लागु औषध ओसार–पसार तथा विक्रिवितरण गर्नेहरुविरुद्ध विशेष अपरेशन संचालन गरिरहेको र त्यसैको परिणाम स्वरुप सहनीलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक रावले बताउनुभयो । उहाँले प्रहरीले भविष्यमा अरु पनि लागु औषधको कारोवारीहरुलाई पनि पक्राउ गर्न सफल हुने विश्वास व्यक्त गर्दै प्रहरी सो कार्यमा कटिवद्ध भएर लागि परेको जनाउनुभयो ।
पक्राउ परेका सहनीलाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद गरि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।