थप ७८२ मा कोरोना संक्रमण
छिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १०२९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ५७०६ जनामा पिसिआर परीक्षण गरिएको छ।