सुनको भाउ १६ सयले बढ्यो
नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९१ हजारमा किनबेच भएको छापावाल सुनको भाउ आज (बिहीबार) ९२ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको भाउ ९२ हजार १ सय १५ रुपैयाँ कायम भएको छ ।
यसैगरी बिहीबार चाँदीको भाउसमेत बढेको छ । महासंघका अनुसार चाँदीको भाउ २० रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँ कायम भएको छ ।