कोरोना संक्रमणबाट तीन वृद्धको मृत्यु
कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा तीन वृद्धको मृत्यु भएको छ।
सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। ती वृद्धलाई २३ गते अस्पताल भर्ना गरिएको थियो।
यस्तै, दमक-१० का ६९ वर्षीय वृद्धको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो।
मोरङको उर्लाबारी-१ का ८४ वर्षीय वृद्धको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको बुधबार राति ९ बजे मृत्यु भएको उर्लाबारी नगरपालिकाले जनाएको छ।