थपिए १ हजार ४ सय ९० कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १६१ पुगेको छ ।
यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको छ।