१३४३ कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।