थप १२ सय सङ्क्रमित, १२ जनाको मृत्यु
नेपालमा थप १,२१७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।
कुल ७,२३२ नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्याङ्क छ। गत २४ घण्टाको अवधिमा नेपालमा १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
यो सँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या २,४५,६५० पुगेको छ।