सुनको भाउ ५ सय रूपैयाँले बढ्यो
(काठमाडाैं) सुनको भाउ आज फेरि बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाे अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेकाे छ । हिजाे (मंगलबार) पनि ताेलामा ५ सय रूपैयाँले बढेर ९० हजार ५ सयमा काराेबार भएकाे थियाे । त्यसैगरी मंगलबार प्रतितोला ९० हजार ५० रूपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आज ९० हजार ५ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।
यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।