कोरोनाका कारण बेलायतबाट नेपाल आउन रोक
बेलायतमा पछिल्लो समय कोभिड १९ को महामारीको असर झन् बढ्न थालेपछि नेपालको कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय निर्देशक समितिले बेलायतबाट नेपाल आउन रोक लगाएको छ ।
यसवाहेक अन्य देशबाट समेत बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन पनि रोक लगाइएको छ । निर्देशक समितिले पुस १ गतेदेखि नेपाल आएकाहरुले अनिवार्य रुपमा सात दिन क्वारेन्टाइन बसेर जाँच गरेपछि मात्रै गन्तब्यमा जान पाउने प्रावधान बनाएको छ ।
साथै नेपाल आउनेहरुका लागि अनिवार्य रुपमा १० दिन होटलको क्वारेन्टाइनमा बसेपछि परीक्षण गरेर मात्रै गन्तव्यमा जान पाइने प्रावधान छ । बेलायतको सन्दर्भमा त्यहाँ पछिल्लो समय कोरोना संक्रमितहरु झन् बढ्न थालेका छन् ।