पाल्पामा आफ्नै दाजुले बहिनीलाई ७ बर्षसम्म लगातार बलात्कार गरे
पाल्पामा आफ्नै दाजुले बहिनीलाई ७ बर्षसम्म लगातार बलात्कार गरेको रहस्य खुलेको छ । ७ बर्षको हुँदा देखि आफू १४ बर्षको हुँदासम्म आफ्नै दाजुले बलात्कार गरेको भन्दै अदालतमा मुद्धा हालेपछि घटनाको रहस्य बाहिर आएको हो ।
बुधबार पीडित महिलाले आफू आफ्नै दाईबाट ७ बर्षसम्म बलात्कारको सिकार भएको भन्दै जिल्ला अदालत पाल्पामा उनले मुद्धा दिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । पीडित युवती ३२ बर्ष पुगेकी छन् ।
घटना भएको लामो समय भइसकेकाले उनले बलात्कार मुद्धामा उजुरी नलाग्ने भएको अन्य संस्था तथा जानकारहरुमार्फत बुझेकाले हाडनाता करणी शीर्षकमा दाईबिरुद्ध उजुरी दिइएको जिल्ला अदालत पाल्पाले जनाएको छ । उनहिरुको स्थायी घर पाल्पाको साबिक दोमान गाबिस बताइएको छ । पीडित महिलाको मुद्धा आरोपीतमाथि त कारवाही सुरु भएको अदालतको भनाइ छ ।
पीडकलाई पक्राउ गरि अदालतमा उभ्याइ अनूशन्धान थालिने अदालतको भनाइ छ । तर बलात्कार आरोपमा मुद्धा हाल्ने समय एक बर्ष मात्रै हुन्छ । यसकारण पीडितले न्याय पाउने सम्भावना न्युन भएको अदालते बताएको छ । उनको मुद्धामा प्रमाण संकलनमा समस्या भएकाले पीडकमाथि कानूनी कारबाही गर्न असहज हुने बतायएको छ ।