सुनको मूल्य चार सयले बढ्यो
बिहिबार पनि सुनचाँदीको मुल्य बढेको छ । सुन बिहिबार तोलामा ४ सयले बढेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको प्रतितोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदी पनि बिहिबार २५ रुपैंयाले बढेर प्रतितोला १२५५ मा कारोबार भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैंया कायम रहेको महासंघले जनाएको छ ।