प्रतिनिधिसभाको नियमित काम अघि बढाउनु पर्ने प्रचण्ड-नेपाल समूहको निष्कर्ष
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको भेलाले प्रतिनिधिसभाको नियमित काम अघि बढाउनु पर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सोमबार बसेको गुटगत भेलाले सो निर्णय गरेको हो।
बैठकले पारित गरेको प्रस्तावमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्ने उल्लेख छ।
प्रस्तावको सुरुमा राष्ट्रपतिसमक्ष माग गर्ने निर्णय लेखेर पछि त्यसलाई केरमेट गरी अधिवेशन अविलम्ब आह्वान गर्न माग मात्र गरिएको छ। यस्तो छ आजको बैठकको प्रस्ताव

भेलाको बैठकपछि प्रचण्ड लगायतका नेता नेपाली काँग्रेसले आयोजना गरेको बैठकमा सहभागी हुन सानेपा पुगेका छन्।