वैशाख २३ मा आमचुनाव गर्न ओलीको प्रस्ताव, राष्ट्रपतिद्वारा अनुमोदन बाँकी
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्न राष्ट्रपति समक्ष प्रस्ताव राखेका छन् । उनले आइतबार राष्ट्रपतिलाई भेटेर उक्त प्रसताव राख्दै शीतलनिवासबाट बाहिरिएका छन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शीतल निवास गएका थिए ।
ओलीले लामै समय राष्ट्रपति निवास पुगेर सिफारिसबारे भण्डारीलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेको स्रोतले जनाएको छ । ओलीको प्रस्तावला राष्ट्रपतिले अनुमोदन गर्ने/नगर्नेबारे केही खबर बाहिरिएको छैन ।