मुलुकमा ८ सय ३० संक्रमित थपिए
मुलुकमा थप ८ सय ३० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ३० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जना संक्रमित फेला परेका छन् । जस अनुसार काठमाडौंमा २५८ जना, ललितपुरमा ६५ जना र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ ।