माइतीघरमा किसानहरु उखुसहित प्रदर्शनमा
चार दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानले बुधबार उखुको ढाँकसहित प्रदर्शन गरेका छन् ।
पछिल्ला दिनका आन्दोलनमा किसानको संख्या पनि बढिरहेको छ । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि उखु बोकेरै प्रदर्शन गरेका छन् ।